बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जना पुरूष महाकाली नदीमा मृत फेला


काठमाडौँ । डडेल्धुराबाट बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जना पुरूष महाकाली नदीमा मृत फेला परेका छन्।

सोमबार सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र उनका मामा नाता पर्ने तीर्थबहादुर थापामगर नदीको छुट्टाछुट्टै ठाउँमा फेला परेका हुन्।

जिल्ला प्रहरी डडेल्धुराका डिएसपी बरूणबहादुर सिंहका अनुसार तीर्थबहादुर पर्शुराम नगरपालिका ५ परिगाउँ नजिकै नदी किनारामा फेला परेका हुन् भने त्यहीँ ठाउँको बिओपीमा कार्यरत ओमप्रकाश पुन मगर कञ्चनपुर र भारतको सीमा क्षेत्रमा मृत फेला परेका हुन्।

डिएसपी सिंहका अनुसार मृत फेला परेका दुबै जना शुक्रबार हराएका थिए। उनीहरू साँझ ५ बजेसम्म सँगै देखिएको थियो ।