दिल्लीमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत


काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीको मुख्यालयमा भव्य स्वागत गरेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर भव्य स्वागत गरिएको हो ।

मुख्यालय पुगेका उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ ।

भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस।जयशंकारसँग भेटघाट हुने बताइएको छ ।