दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक प्रतिष्ठानको माग, जेठ १९ लाई ‘कालो दिन’ घोषणा गर्न आग्रह


काठमाडौं, जेठ १९ । स्वर्र्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभा सम्पन्न गरि भामा  दरबार हत्याकाण्डको सत्यत्थ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।


स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानल मंगलबार ललितपुर स्थित जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण सहित स्मिृति सभामा  दरबार हत्याकाण्डको सत्यत्थ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।


कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिवहरी खनाल प्रेस वक्तव्य जारी गरि २०५८ साल जेठ १० गते भएको दरबार हत्याकाण्ड नेपालको इतिहासकै कालो दिन भएको उल्लेख गर्दै घटनाको सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरे । उाले  राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको हत्या भएको घटनालाई नेपाली इतिहासको दुःखद अध्यायका रूपमा स्मरण गरे ।


प्रतिष्ठानका महासचिव रञ्जित धमलाले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकास र प्रजातन्त्रका पक्षधर शासकका रूपमा चित्रित गर्दै नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव विश्वसामु राखेको स्मरण गराएको  गरे । उनले राजा वीरेन्द्रको  शान्ति क्षेत्र घोषणको प्रस्तावमा ११६ राष्ट्रले समर्थन जनाए पनि कृहि राष्ट्रको विरोधका कारण पूर्ण सफलता प्राप्त गर्न नसकेको दाबी गरे ।
उनले राजा वीरेन्द्रको सरल जीवनशैली, भ्रष्टाचारविरोधी अडान, शिष्टाचार, न्यायप्रेमी व्यवहार तथा जनताप्रतिको आत्मीयताले आज पनि नेपाली जनमानसमा सम्मान कायम रहेको उल्लेख गरे । देशलाई आत्मनिर्भर, समृद्ध र स्वाभिमानी बनाउने उनको सोच अहिले पनि झन सान्दर्भिक रहेको उनको  भनाइ छ ।


महासचिव धमलाले नारायणहिटी हत्याकाण्डपछि नेपालको राजनीतिक अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै प्रतिष्ठानले स्थायी शान्ति, सद्भाव र राष्ट्रिय एकताका लागि राजा वीरेन्द्रका विचार तथा योगदानको उच्च मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याए ।


साथै, प्रतिष्ठानले जेठ १९ लाई राष्ट्रिय ‘कालो दिन’का रूपमा घोषणा गर्न, दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा राजा वीरेन्द्रको योगदान र स्मृतिको संरक्षणमा विशेष पहल गर्न सरकारसँग आग्रह गरेको गरेको छ ।
प्रतिष्ठानले राजा वीरेन्द्रको शान्ति, विकास र राष्ट्रिय एकताको अवधारणालाई जीवित राख्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ ।