अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ


कैलाली, धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।