प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै विरोध प्रदर्शन


काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

शुक्रबार राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा उनीहरुले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । संसद् बैठकमा प्रधानमन्त्री शाहले सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिको कडा विरोध गर्दै उनीहरु प्रदर्शनमा उत्रिएको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको कडा विरोध गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग समेत राखेका छन् ।

Skip This

Omoda E5 Pro