सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् पुनर्गठन कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । पुनर्गठनअनुसार बेलबहादुर रानामगर सामाजिक विकास मन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री तथा जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएकी छन् । दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Skip This

Omoda E5 Pro