सङ्घ सरकारको बागमती प्रदेशलाई १५ अर्ब २१ करोड अनुदान


काठमाडौँ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बागमती प्रदेश सरकारलाई १५ अर्ब २१ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । 

संविधानको व्यवस्था अनुसार वित्तीय सङ्घीयता कार्यान्वयन गर्दै सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न अनुदान शीर्षकमा बागमती सरकारलाई कुल १५ अर्ब २१ करोड ४८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने भएको हो ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण अनुसार अर्थ मन्त्रालयले बागमती प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी उक्त रकम उपलब्ध गराएको हो ।

Skip This

Omoda E5 Pro