काठमाडौँ । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही निजी क्षेत्रले अपेक्षा गरेजस्तो ‘रूपान्तरणकारी’ हुन नसकेको टिपपणी गरेका छन् ।
नेपाल उद्योग व्यापार महासंघले बजेटबारे राखेको छलफलमा उनले बजेटको भाषा र प्रस्तुति सन्तुलित भएपनि गहिराइमा जाँदा यसले ठोस नतिजा दिनेमा संशय व्यक्त गरे ।
१० वर्षमा १० लाख प्रत्यक्ष र १५ लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने र ३० खर्ब बराबरको सेवा निर्यात गर्ने लक्ष्य चुनौतीपूर्ण भएपनि सम्भव रहेको उनले बताए ।
उनले भने ‘यो बजेटले थुप्रै राम्रा काम र सकारात्मक व्यवस्थाहरू गरेको छ । तर प्रतिपक्षी दल, नागरिक समाज, निजी क्षेत्र, युवा तथा नवयुवाहरूले अपेक्षा गरेजस्तो कुनै रूपान्तरणकारी बजेट आउला भन्ने आशा थियो। त्यो अपेक्षा भने पूरा भएको देखिएन । सुन्नमा बजेट असाध्यै कर्णप्रिय, सन्तुलित र आकर्षक भाषामा प्रस्तुत गरिएको छ, तर भित्र गएर हेर्दा अपेक्षित परिवर्तनकारी स्वरूप नभएको महसुस हामीले पनि गरेका छौँ ।’



प्रतिक्रिया