काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् । मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
२०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त प्रतिवेदनहरु अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरिएको गृहमन्त्री गुरुङले जानकारी गराए।
यस्तै उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।



प्रतिक्रिया