अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ


सिराहा -नवराजपुर गाउँपालिका-३ जगतपुर बस्ने ६० वर्षीय हरे कृष्ण यादवलाई अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Skip This

Omoda E5 Pro