हप्तामा दिएको दुई दिन सार्वजनिक बिदाकोविरुद्ध सर्वोच्चमा रिट


काठमाडौँ । सरकारले हप्तामा दिएको दुई दिन सार्वजनिक बिदाकोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ताहरू अनिल आचार्य, दीपकराज जोशी, कृष्णबहादुर खनाल र चुडामणि भण्डारीले पेश गरेको रिट दर्ता गर्दै बुधबारलाई पेसी तोकिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयलगायतलाई विपक्षी बनाइएको रिटमा आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज गर्न माग गरिएको छ।

यो निर्णयले मुख्यगरी शिक्षा क्षेत्रमा गम्भीर असर पारेको निवेदकको दाबी छ। राष्ट्रिय पाठ्यक्रम, पाठ्यभार र क्रेडिट आवरलाई असर पुर्‍याएको र विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको जिकिर गरिएको छ।

Skip This

Omoda E5 Pro