अर्थमन्त्रीको प्रश्न-बीवाईडीको बदनाम गराउन चलखेल भइरहेको त छैन?


काठमाडौं, जेठ २७ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफू विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन् । आज बिहान बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बजेटमाथी भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ”बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ । म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।”

उनले वर्तमान सरकारले उपभोक्तालाई असर नपर्ने दुरदर्शी निर्णय गरेको बताउँदै हल्लाका पछि नलाग्न अनुरोध गरे । कुरै नबुझी एक दुईवटा पत्रिकाले उछालेको भरमा हाउगुजीको पछि नलागेर सांसदको ओज नघटाउट आग्रह गर्दै उनले भने, “बीवाईडी एक प्रतिष्ठित चिनियाँ कम्पनी हो ।अहिले यहाँ बीवाईडी बीवाईडी किन भनिएको छ? यहाँ अर्को चलखेल भइरहेको त छैन? नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छ । उनीहरुले पालेका र आश्रयमा रहेका समूह कतै यसमा सलबलाएका त छैनन् ? किन उचालिँदैछ एउटामात्रै ब्रान्ड?”

अहिले समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।

Skip This

Omoda E5 Pro