एमाले परित्याग गर्ने ८ वडाअध्यक्षको पद रिक्त


काठमाडौं, जेठ २७ । एमाले परित्याग गर्ने ८ वडाअध्यक्षको पद रिक्त भएको छ । निर्वाचन आयोगले आज एक सूचना सार्वजनिक गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले निजहरू निर्वाचित भएका तपसिलका पालिका र तहको निर्वाचित पद स्वतः रिक्त भएको जनाइएको छ ।








Skip This

Omoda E5 Pro