काठमाडौ । तामाङ सेलो गायक अमर बिरही थीङको `रोशिम स्योङ्री चाम´ बोलको गीत सार्वजनिक भएको छ ।
शुक्रबार गायकको आफ्नै असिफियल युट्युव च्यानल `अमर बिरही अफिसियल´ नामक च्यानलबाट सार्वजनिक गरिएको हो ।
शब्द र संगीत गायक थीङकै रहेको छ भने उनलाई चर्चित तामाङ सेलो गायिका सुमिना लो तामाङले स्वरमा साथमा दिएकी छन् ।
जोगलाल लामाले एरेन्ज गरेको गीतलाई अर्पन थीङ तामाङले मिक्सिङ गरेका छन् ।
गायक थीङले यसअघि `प्राङ्बोला ल्हुई ´, `शंकालु जोडी´ , `ग्रेन आसेङला जामे´, `मरिन सिन्धुली´,`डम्फु त बजाई आम्मैले´ जस्ता चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।



प्रतिक्रिया