सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित महोत्तरी सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०२-००९ प ०९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने २५ वर्षीय मोहन बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख २४९० नम्बरको हायस जाँच गर्ने क्रममा चालक मोहनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बाँके, जानकी गाउँपालिका-६ कैरातीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास कुमार गडरियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बुढीगंगा गाउँपालिका-२ टंकी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ मिलिग्राम सहित सुनसरी हरिनगरा गाउँपालिका-७ बस्ने ३४ वर्षीय इक्रामुल जटलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन १६ एम्पुल र बुप्रेनोर्फिन ४० एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-११ मालपोत चोक बस्ने २८ वर्षीय बिवेक थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा.७६ प ७४९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, गौर नगरपालिका-२ कबरगाहबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गढवा टोल बस्ने ३१ वर्षीय राकेश कुश्वाहा र २६ वर्षीय सुनिल कुमार बैठा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बिआर ०५ एस ६६०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित बाजुरा बुढीगंगा नगरपालिका-५ बस्ने २५ वर्षीय नरेन्द्र बहादुर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, सुखीपुर नगरपालिका-८ सुखीपुर बजारबाट अवैध लागूऔषध गाँजा २० किलो ८ सय ९० ग्राम सहित धनगढीमाइ नगरपालिका-१४ बस्ने ४९ वर्षीय उमेश कुमार आले मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले स.७ प ६६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-८ बस्ने २३ वर्षीय नितेश चौधरी, २३ वर्षीय अर्पन राई र इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय मिलन कुमार चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले नितेश र अर्पनलाई ७ सय १० मिलिग्राम तथा मिलनलाई ५ ग्राम ६० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया