४० हजार घुससहित नायव सुब्बा पक्राउ


काठमाडौँ । भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएको छ ।

अख्तियारका अनुसार जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियारले कण्डेलको साथबाट घुस रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।

कण्डेललाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Skip This

Omoda E5 Pro