पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो


काठमाडौं, जेठ ३१ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलामा मोरक्कोले ब्राजिललाई १–१ को बराबरीमा रोकेको छ । बहुप्रतीक्षित मानिएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल अफ्रिकन पावरहाउस मानिएको मोरक्कोसँग बराबरीमा रोकिएको हो ।

खेलमा साइबारीले २१ मिनेटमा मोरक्कोका लागि गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, मोरक्कोको त्यो खुसी धेरै बेर टिक्न पाएन। ब्राजिलका स्टार विनेसियस जुनियरले ३२ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए ।