सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौं, असार ३ । नेपाली बजारमा आज फेरि सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय थियो। आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ।