सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक तथा रोजगारमुखी बनाउन सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् ।
बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पाठ्यक्रम सुधारका लागि आवश्यक बजेट, पूर्वाधार तथा विशेषज्ञ जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री पोखरेलले उच्च शैक्षिक मापदण्ड कायम गर्न, डिजिटल शिक्षाको विस्तार गर्न तथा रोजगारमुखी कार्यक्रम सञ्चालनका लागि आफ्नो मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने बताए ।
मध्यपश्चिम विश्वविद्यालयलाई कर्णाली प्रदेशकै गौरवको शैक्षिक संस्थाका रूपमा उल्लेख गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा विश्वविद्यालयले उदाहरणीय योगदान पुर्याएको बताए । स्थापना भएको करिब दुई दशकको अवधिमा अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल शैक्षिक प्रविधि तथा नवीनतम प्रविधिको प्रयोग सुनिश्चित गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको उनको भनाइ थियो ।



प्रतिक्रिया