हास्य कलाकार ‘चतुरे’को निधन


काठमाडौं, असार ७ । हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए।

पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा छाएको थिए। थुप्रै टेलिफिल्म र फिल्महरूमा उनले काम गरेका छन्। उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए।