काठमाडौं । तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको खबर प्राप्त भएको सभामुख डिपी अर्यालले बताएका छन्।
सभामुख अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित स्थानीय तहलाई आग्रह गरेका छन्। ‘बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।
कठिन परिस्थितिमा सबै पक्षको समन्वय, सतर्कता र सहयोगबाट सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सकिने भन्दै अर्यालले प्रभावित नागरिकको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा आवश्यक कार्य तत्काल अघि बढाउनसमेत सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।




प्रतिक्रिया