बिर्तामोडमा तीनतले घर जमिनमा भासियो


झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित नयाँ बसपार्कमा रहेको सुकुम्बासी बस्तीमा एउटा तीनतले घर जमिनमा भासिएको छ।

निरन्तरको भारी वर्षाका कारण ७० वर्षीय पहलमान ठाकुरको सो घर आज बिहान राति करिब २ बजेतिर जमिनमा भासिएको हो।

घर अचानक भासिएर ढल्किन थालेपछि भित्र रहेका मानिसहरू र केही महत्त्वपूर्ण सामानहरू सुरक्षित रूपमा बाहिर निकालिएको छ।

प्रहरीका अनुसार घर जमिनमा भासिएर अन्दाजी २० देखि २५ डिग्रीसम्म ढल्किएको छ।

उक्त घरमा दुईजना मात्र बसोबास गर्दै आएका थिए।