चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ ।
महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरु रहेको र तीनमा ५ देखि १० प्रतिशतसम्म छुट दिइएको डीडीसीको चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जिवी बस्नेतले जानकारी दिए ।
कम्पनी ऐन अन्तर्गत २०२१ सालमा स्थापना गरिएको दुग्ध विकास संस्थान (डीडीसी) पूर्ण रूपमा सरकारको स्वामित्वमा रहेको संस्था हो । यसले किसानहरुबाट उत्पादित दूध खरिद गरी दूध, दही, घ्यु, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवा, लगायतका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।



प्रतिक्रिया