दीपक बोहराले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी स्थापनादेखिका कठिन संघर्षका दिनहरूलाई स्मरण गर्दै उनले कार्यकर्ताको भावना र न्यायको पक्षमा आवाज बुलन्द गर्न आफू केन्द्रीय नेतृत्वमा पुग्नुपर्ने बताएका छन् ।

आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै सांसद बोहराले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वैकल्पिक राजनीतिको यात्रामा सामना गरेका चुनौतीहरूको चर्चा गरेका छन् ।