काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन केहीबेरमा उद्घाटन हुँदै छ । चितवनको भरतपुरमा हुने उद्घाटन सत्रलाई केन्द्रमा राखेर सुरक्षा व्यवस्थापन चुस्त पारिएको छ ।
महाधिवेशन स्थलको सुरक्षा व्यवस्थापनबारे बुझ्न नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की स्वयम् चितवन पुगेका छन् । समग्र सुरक्षा व्यवस्थापनको मनिटरमा नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्रका एआईजी गणेश ठाडामगर खटिएका छन् ।
एआईजी उमा प्रसाद चतुर्वेदीले महाधिवेशन अवधिभर समग्र सुरक्षा व्यवस्थापनको मनिटर गर्ने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
महाधिवेशन स्थलको फिल्ड कमाण्ड चितवनका एसपी रामेश्वर पौडेलले गरेका छन् । बागमती प्रदेशका डीआईजी दीपक रेग्मी पनि चितवनमा खटिएका छन् । प्रहरी प्रधान कार्यालयले केन्द्रबाट पनि थप प्रहरी पठाइएको छ ।
रास्वपाको महाधिवेशन असार ९ सम्म चल्नेछ ।



प्रतिक्रिया