रास्वपालाई भाजपा र सीपीसीको पनि शुभकामना


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विभिन्न देशका प्रतिष्ठित राजनीतिक दलहरूले शुभकामना सन्देश दिएका छन् । पार्टी स्थापनाको चौथो वर्षमा आयोजित यस महाधिवेशनमा छिमेकी मुलुकका सत्ताधारी दलहरूदेखि अन्तर्राष्ट्रिय राजनीतिक मञ्चहरूले ऐक्यबद्धता जनाएका हुन् ।

रास्वपालाई शुभकामना सन्देश पठाउनेहरूमा भारतीय संस्थापन पक्ष भारतीय जनता पार्टी (भाजपा) देखि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सम्म रहेका छन् ।

महाधिवेशनको खुला सत्रलाई सम्बोधन रास्वपाका नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीले छोटो समयमै बलियो अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरेको दाबी गरे ।

खनालले महाधिवेशनका क्रममा विभिन्न एसियाली देशका राजनीतिक दलहरूका तर्फबाट प्राप्त भएका आन्तरिक तथा औपचारिक शुभकामना सन्देशहरू पढेर सुनाएका थिए । रास्वपाले आफ्नो पहिलो महाधिवेशनमार्फत आन्तरिक संगठन परिमार्जनसँगै वैदेशिक सम्बन्धलाई समेत सन्तुलित र सुदृढ बनाउने रणनीति लिएको देखिन्छ ।