१४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?


काठमाडौं, असार ८ । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर ४७३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ