काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले पार्टी महाधिवेशनको मतदान प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै खत्रीले आफ्नै प्रतिद्वन्द्वीलाई समेत अनिवार्य रूपमा भोट दिनुपर्ने व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।
‘‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ,’ उनले लेखेका छन् । खत्री खुल्ला केन्द्रिय सदस्यका उममेदवार छन् ।
यस्ताे छ उनले फेसबुकमा राखेकाे स्टाटस:
”संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । No Vote को धज्जी ।”



प्रतिक्रिया