चितवन । गत आइतबारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय सदस्यको निर्वाचन समपन्न भएसँगै पदाधिकारीका दाबेदारहरू मैदानमा उत्रिएका छन् । जसअन्तर्गत एक महामन्त्री पदमा पाँच जना दाबेदार देखिएका छन् ।
दुईमध्ये एक महामन्त्री मनोनीत हुने भएपछि अर्को एक पदमा पाँच जना नेताहरूले दाबी गरेका हुन् । जसमध्ये हालका महामन्त्री कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा महामन्त्रीको दाबेदारका रूपमा मत मागिरहेका छन् ।
पदाधिकारी सहमतिमार्फत चयन गर्न नेतृत्वबिच छलफल भइरहेको स्रोतले बतायो । यदि सहमति नजुटे मतदानको प्रक्रियामा जाने अन्तिम विकल्प बाँकी रहेको नेताहरूले बताएका छन् ।



प्रतिक्रिया