काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको छ ।
मन्त्रालयले बिहीबार एक् सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो ।
इच्छुक उमेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८३ असार ३१ गते कार्यालय समयभित्र अर्थ मन्त्रालय, सिंहदरबारको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ ।
आवेदनका लागि नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२(१) बमोजिमको योग्यता र अनुभव हुनुपर्नेछ । साथै, उमेदवारहरूले दरखास्तका साथमा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ ।
विशेषगरी, उमेदवारहरूले ५ हजार शब्दमा नबढ्ने गरी तयार पारिएको व्यावसायिक कार्ययोजना अनिवार्य रूपमा खामबन्दी गरी बुझाउनुपर्नेछ । छनोट सूचीमा परेका उमेदवारहरूले उक्त कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नुपर्ने छ ।



प्रतिक्रिया