फेरि स्थगित भयाे प्रतिनिधि सभा बैठक


काठमाडौँ। प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा्र) महाधिवेशन नसकिएपछि बैठक स्थगित गर्नुपरेको हो ।

बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् ।