चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ ।
निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीअनुसार सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन् ।
रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेदवार छन् ।
यस्तै, सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन् ।
रास्वपामा एक महिलासहित ३ सहमहामन्त्री निर्वाचनबाट छनोट हुने व्यवस्था छ । प्रारम्भिक सूचीअनुसार दुई पुरुषका लागि ११ जना र एक महिलाका लागि ५ जनाले उम्मेदवारी दिएका हुन् । यद्यपि, अन्तिम प्रतिस्पर्धासम्म उनीहरूमध्ये केही पछि हट्न सक्ने दाबी गरिएको छ ।



प्रतिक्रिया