काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवार बनेका युवा, श्रम तथा रोजगारमन्त्री राजमी यादव पराजित भएका छन् ।
बिहिबार राति सार्वजनिक गरिएको केन्द्रिय सदस्यहरुको मत परिणाम अनुसार कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत पाए ।
मन्त्री यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला (राष्ट्रिय) केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार मैदानमा थिए ।
बालेन शाह नेतृत्वको सरकार १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।
जसमध्ये श्रममन्त्री यादवबाहेक अन्य सात जना मन्त्रीहरू भने रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।



प्रतिक्रिया