पार्टीमा गुटबन्दीको प्रयास भएको भन्दै मनिष झा चिन्तित


चितवन । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्न उनले सभापति रवि लामिछानेलाई आग्रह समेत गरेका छन् ।

महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’

उनले सभापति र उपसभापतिलाई आफ्नो मन्त्रीमा कुनै लोभ नभएको कुरा बताएको पनि दाबी गरे ।

‘मैले उहाँहरूलाई मलाई मन्त्रालयगत लोभ छैन। पार्टी सुधार्नु छ, पार्टीको व्यवस्थापकीय संरचना सुधार्नु छ। त्यसैले मलाई यो मौका दिनुस्,’ उनले भने, ‘५ वर्षसम्म कुनै पनि मन्त्रालय दाबी गर्दिनँ। म यो कार्यकाल पार्टीको कमजोर देखिएको पक्ष सुधार्न चाहन्छु भनेर मैले त्यसरी स्पष्ट दाबी गरेँ।’