काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समयसँगै आफू थप परिपक्क हुँदै जाने प्रतिवद्धता जनाएका छन् । आज चितवनमा सभापतिको शपथ ग्रहण समारोहमा बोल्दै उनले परिस्थितिले आफूलाई अपरिपक्व हुन छुट नदिएको बताए ।
उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने बताए । उनले भने, ‘देशले आशा र भरोसा गरेका हुनाले पनि त्यो आशा र भरोसा नटुटोस् भन्नका लागि मैले धेरै मिहेनत गर्नुपर्ने हुन्छ । यसअघि मलाई अपरिपक्वताको आरोप लाग्थ्यो । तर परिस्थितिले मलाई अपरिपक्व हुन छुट दिएको छैन ।’
साथै, उनले लोकतन्त्रका आधारभूत सिद्धान्त र कयौं संस्था भत्कन दिन नहुने पनि बताए । उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र जोगाउने विषयमा शंका नहोस्, हामी दृण छाैँ, शासकीय सुधारका विषयमा हाम्रो असहमति छ । यही व्यवस्थाभित्र रहेर सुधार गर्नेछौं ।’



प्रतिक्रिया