काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्प कमल दाहाल(प्रचण्ड) ले बामपन्थीहरुबीच तत्काल सहकार्य गर्नुपर्ने बताएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलकई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले पार्टी एकता विस्तारै गरेपनि सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने चेतावनी दिए ।
नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको उनले बताए । ‘भारतमा कम्युनिष्ट सिध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ । नेपालमा पनि के गरी सिध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन् । यही षडयन्त्रको परिणतिका रुपमा भदौ २४ भयो, चुनाव भयो, अहिले जे भइरहेको छ हामीले देखेका छौ । त्यसैले यसलाई रोक्न राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंशुकताका विरुद्ध, फासिज्मका विरुद्ध, वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्नुहुँदैन । नत्र भयानक दुर्घटना हुन्छ,’ उनले भने ।



प्रतिक्रिया