ओलीकाे दाबी -‘विकासका काम नगरेर हाेइन, झूटा प्रचार गरेर बदनाम गरे’


काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको दाबी गरेका छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलकई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ। हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेनौँ, अगाडि बढायौँ,’ उनले भने ।

आफूहरूले गलत काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेकोमा सत्यता नभएको उनको ठहर छ । उनले झूटा प्रचारहरू गरेर आफुहरुविरुद्ध अफवाह फैलाएर बदनाम गराएकाे आरोप समेत लगााए ।