काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।
बोर्डका नवनियुक्त अध्यक्ष डा.भट्टलाई सोमबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले यस्ते निर्देशन दिएका हुन् ।
कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न उनले निर्देशन दिए ।
लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उनको भनाइ छ ।
अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना के हुन्, त्यो पेस गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिए ।



प्रतिक्रिया