आज सुनको मूल्य घट्याे,कतिमा हुँदैछ काराेबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँ रहेकाे छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।