काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको भन्दै सबैजना आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाएका छन् ।
‘अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ अर्यालले भने । उनले संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद् भवन परिसरमा आज र भोलि प्रशिक्षण कार्यक्रम राखेको छ ।



प्रतिक्रिया