काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ पार्टी बनाउन लागेको हल्लामा सत्यता नरहेको बताएका छन् ।
सोमबार काठमाडौँमा पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पार्टी फोडेर नयाँ पार्टी खोल्न लागिएको कुप्रचारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘बिहान मात्र झलनाथले अर्कै पार्टी खोल्दैछन् भनेर कुप्रचार गरेछन् । म ती साथीलाई भन्न चाहन्छु, झलनाथ कुनै गुट नबनाई बसेको मान्छे हो । पार्टी विभाजन होइन समाजवादी विचार समूह बनाउन आवश्यक छ । सही नीति, विचार, सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ’, उनले भने ।
उनले पार्टी विभाजन भन्दा पनि समाजवादी विचार समुह एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया