काठमाडौं । राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद खालिदले यस्तो आरोप लगााएका हुन् । उनले संघीयता नेपाली जनताको बलिदानबाट स्थापित व्यवस्था भएकाले त्यसलाई कमजोर बनाउने वा खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए ।
उनले संघीयता कसैको दया वा कृपाबाट नभई जनताको संघर्ष, बलिदान, जेल जीवन र आन्दोलनको उपलब्धिका रूपमा आएको उल्लेख गरे ।
‘संघीयता सफल भएन, खर्चिलो छ, सयौँ सांसद पाल्न गाह्रो छ, हात्ती पाल्नुजस्तो छ भन्ने भ्रम फैलाएर संघीयतालाई कमजोर बनाउने वा खारेज गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।



प्रतिक्रिया