उपसभामुख ठाकुरले पनि रोपिन् धान


जनकपुरधाम । राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।

जनकपुरको मुजेलियामा अवस्थित आफ्नै खेतमा पुगेर ठाकुरले धान रोपेकी हुन् ।

१५ असारको दिन आज देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।