धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते


काठमाडौं, असार १६ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरीसिंह महरा सहित बैतडी, डोटी, कैलाली, डडेलधुरा, बझाङ, दार्चुला र चितवनका गरी २२ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ४६ जना सवार रहेकोमा दुर्घटनामा घाइते नभएका २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकमा दुवैतर्फको यातायात सञ्चालनमा आएको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २२ जनाको नाम तथा ठेगाना:

हरीसिंह महरा (४२) – धनगढी उपमहानगरपालिका–१३, गेटा, कैलाली (बस चालक)
चक्रबहादुर रोकाया (२५) – सिवास गाउँपालिका–६, खालाकाँडा, बैतडी
भरत मल्ल (३०) – दिपायल सिलगढी नगरपालिका–५, दतेडया, डोटी
विमल भट्ट (२८) – गोदावरी नगरपालिका–१, कैलाली
सीतादेवी बादी (५५) – गोदावरी नगरपालिका–२, कैलाली
नरेन्द्र ताम्राकार (२९) – डडेल्धुरा
आलिया ताम्राकार (२५) – डडेल्धुरा
सुदर्शन ताम्राकार (२) – डडेल्धुरा
विनोद सत्कुली (२३) – थलारा गाउँपालिका–५, बझाङ
लोचन बिष्ट (१५) – पुरचौडी नगरपालिका–८, मल्लादोही, बैतडी
कृष्णबहादुर बिष्ट (४५) – पुरचौडी नगरपालिका–८, मल्लादोही, बैतडी
गणपति भागरी (७७) – धनगढी उपमहानगरपालिका–१८, फूलबारी, कैलाली
अखिलकुमार ठडिया (२४) – घोडाघोडी नगरपालिका–६, जवलपुर, कैलाली
भद्रकृष्ण मिश्र (६५) – भरतपुर महानगरपालिका–२६, चितवन
गोपाल पौडेल (२४) – धनगढी उपमहानगरपालिका–१८, कैलाली
केशबहादुर देउवा (४०) – डडेल्धुरा गाउँपालिका–१, डडेल्धुरा
प्रभानन्द ठकुन्ना (३३) – नौगाड गाउँपालिका–४, सिवाटी, दार्चुला
दीपिका भण्डारी (२२) – धनगढी उपमहानगरपालिका–१८, कैलाली
प्रकाश रोकाया (३६) – घोडाघोडी नगरपालिका–९, कैलाली
किश्वर बोहोरा (२३) – थलारा गाउँपालिका–५, बझाङ
पार्वती बोहोरा (४०) – गन्यापधुरा गाउँपालिका–३, डडेल्धुरा
(बस चालकसहित कुल घाइते संख्या २२ जना)