कान्तिराजपथमा सवारी आवागमन बन्द


काठमाडौँ । हेटौँडा-काठमाडौँ आउजाउ गर्ने छोटो मार्गका रुपमा रहेको कान्तिराजपथमा सवारी आवागमन बन्द भएको छ ।

मकवानपुरको बकैया–१२ ठिंगनस्थित कान्तिलोकपथ सडक खण्डमा दुई ठाउँमा पहिरो खसेपछि आवागमनमा अवरोध भएको हो। राति १२ बजेदेखि परेको पानीले पहिरो खसेको छ ।

पहिरो खसिरहेकाले बाटो खुलाउने सम्भव नभएकाले सडक डिभिजन कार्यालयसगँ समन्वय गरेर काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षा भइरहेकाले कान्तिराजपथ हुँदै यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।