राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन अन्तर्राष्ट्रिय विशेषज्ञहरू मनोनीत


काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री एवम् कोषकी अध्यक्ष गिता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गरेकी हुन् ।

मनोनित हुने सदस्यहरूमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहेका छन् । लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’ का अध्यक्ष हुन् र उनले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन् ।

डा. डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवनमा गैंडा तथा बाघको अनुसन्धान गर्नुका साथै ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा बनाउन मुख्य भूमिका खेलेका थिए ।

त्यस्तै, अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन प्राडा विन्डी राइट विगत एक दशकदेखि नेपालमा सालक संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय छिन् ।