‘नेपाली ब्रो’ लाई जन्मकैद सजायको माग गर्दै मुद्दा दायर


काठमाडौं । श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’ भनिने टिकटकर कुमार थापामगरविरुद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दायर भएको छ । श्रीमती ईश्वरी भुजेललाई क्रूर तरिकाले हत्या गरिएकोमा उनीविरुद्ध जन्मकैद सजायको माग गर्दै मुद्दा दायर भएको हो ।

मुद्दामा थापासहित उनकी प्रेमिका प्रतीक्षा आचार्य, भाइ विक्रम थापामगर र साथी पूजन थापा क्षेत्रीलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूले हत्यामा प्रोत्साहन गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

गत २२ जेठमा थापाले श्रीमतीको हत्या गरेका थिए । उनले प्रहरीसमक्ष हत्या अभियोग स्वीकार गरेका छन् । त्यही दिन अदालतमा सम्ब्नेधविच्छेदको मुद्दाको पेसी रहेको र मुद्दा फिर्ता लिन नमानेकाले हत्या गरेको उनको दावी छ । प्रतीक्षासँग आफ्नो प्रेम सम्बन्ध रहेको उनले स्वीकार गरेका छन् ।