कांग्रेस संस्थापन इतरपक्षकाे सम्पर्क कार्यालय सञ्चालनमा

File Photo

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त पक्षले काठमाडौंको चुनदेवीस्थित एक घरमा सम्पर्क कार्यालय स्थापना गरेको र सञ्चालनका लागि सरसफाई भइरहेको नेता प्रकाशशरण महतले जानकारी दिए ।

सम्पर्क कार्यालय स्थापना गर्ने मुख्य प्रयोजन नैभेटघाट र छलफल रहेको उनले बताए । हाललाई इतरपक्षका नेताहरू मिलेर आर्थिक व्ययभार व्यहोर्ने सहमति भएको उनको भनाइ छ ।

केही दिन कुर्ने र एकखालको निर्णय गरेर अघि बढ्ने इतरपक्षको तयारी छ । सातै प्रदेशमा भेला सकेको उक्त पक्षले अब राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने तयारी गरेको छ ।