काठमाडौँ । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटि) को एकेडेमिक काउन्सिलमा ४ जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका ४ जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको हो ।
मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा.अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा।दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना लाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।
सीटीइभीटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशा निर्देशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।



प्रतिक्रिया