काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूको सवारी साधनका लागि साइकलको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले अर्बौँको गाडी जलाएर खरानी बनाउनेहरूले फेरि अर्बौँको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए ।
सरकारले अर्बौँको गाडीहरू खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरू र सांसदहरू पनि जेन–जी पुस्ताका भएकाले उनीहरूका लागि साइकलको व्यवस्था गर्न उपयुक्त हुने बताए ।
उनले नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे ।



प्रतिक्रिया